सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
मङ्गलबार, २६ चैत २०८१, २० : ३७
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले पार्टीभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताएका हुन् ।
उनले सरकारले गरेका काम कारबाहीका कारण जनता आक्रोशित भएको समेत बताए । अहिले दिनहुँ जनता सडकमा आउनु पर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाई थियो ।
जनताको आक्रोशलाई सामान्य लिन नहुने उनले बताए । कोइरालाले वर्तमान सरकार गठनका समयमा दुई दलबिच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे ।
कार्यक्रममा अन्य कांग्रेस नेताहरूले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण