सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
पोखरा । सहकारीको ऋण नतिर्ने र बचतकर्ताको पनि सहकारीप्रति विश्वास नभएपछि बागलुङमा पुराण लगाइएको छ । सहकारीबाट ऋण लगेर तिर्न कठिन भएका ऋणीको ग्रहशान्ति गर्न र सदस्यलाई सहकारीप्रति विश्वासको वातावरण सिर्जना गराउन पुराण लगाइएको हो ।
बागलुङको सिवाइसी सहकारीले सदस्यलाई जागरूक नबनाउँदासम्म सहकारीको भविष्य नरहेको निष्कर्ष निकालेर पुराण आयोजना गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए ।
‘यति धेरै सहकारी छन् । २–४ वटा सहकारीले बदमासी गरेका होलान्,’ उनले भने, ‘सबैलाई एउटै डालोमा हालेर खत्तम छन् भन्दा झन् राम्रा सहकारी पनि बिग्रिएका छन् । त्यसैले सदस्यहरू नै जागरूक हुनुपर्छ ।’ सहकारीप्रति नकारात्मक कुरा नहोस् भन्ने सचेत गराउन पुराण लगाइएको उनले सुनाए ।
सहकारीको १६ औँ स्थापना दिवसको अवसरमा भजन कीर्तन मार्फत आफ्ना सदस्यहरूको ग्रहशान्ति गरिएको शर्माको भनाई छ । सिवाइसी सहकारीमा २६ हजार ३०० जना सदस्य छन् भने २५ वटा सेवा केन्द्र सञ्चालनमा छ । धवलागिरीका ४ जिल्लामा कार्यक्षेत्र रहेको सहकारी नेपालमै सबैभन्दा धेरै सहकारी संस्था एकीकरण भएर बनेको हो । हालसम्म ३२ वटा सहकारी एकीकरण भैसकेको उनको भनाई छ ।
सहकारीमा हाल १ अर्ब ५२ करोड बचत छ भने १ अर्ब ३४ करोड ऋण लगानी गरिएको छ । ‘सहकारी भनिसकेपछि अलिअलि भाका नाघेको ऋण नहुने कुरा भएन । तर त्यति धेरै समस्या चाहिँ छैन,’ उनी भन्छन्, ‘कार्यक्रम गरेपछि भाका नाघेका ऋणीहरू पनि सम्पर्कमा आएका छन् । सकारात्मक सञ्चार भैसकेको छ ।’ पछिल्लो १५ दिनमा मात्रै ५ सय नयाँ बचतकर्ता थप भएका र ३ करोड बचत जम्मा भैसकेको सहकारीले जनाएको छ । सिवाइसीले ऋण सङ्कलन गर्न र सदस्यलाई क्रियाशील बनाइराख्न चैत १३ गतेदेखि सदस्य जागरण अभियान चलाएको हो । जागौँ, जगाऔँ र बढाऔँ अभियान सञ्चालन गरिएको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण