युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
नयाँ दिल्ली । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधन गरिन् । यस क्रममा उनले बङ्गलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागको विरोध गरेकी छिन् ।
हसिना हाल भारतमा छिन् । गत वर्ष बङ्गलादेशमा भएको हिंसात्मक विद्यार्थी आन्दोलनपछि उनी सोही वर्षको अगस्टमा भारत आएकी थिइन् । त्यसबेलादेखि बङ्गलादेशले उनको सुपुर्दगीको माग गर्दै आएको छ ।
यसअघि पनि शेख हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएकी थिइन् । ‘कसैले पनि बिर्सनु हुँदैन कि बंगबंधु शेख मुजीबुर रहमानले अवामी लिग मार्फत बंगालका जनतालाई एकताबद्ध गरेका थिए र देशमा स्वतन्त्रता ल्याएका थिए’ हसिनाले आफ्नो सम्बोधनमा भनिन् ।
सम्बोधनमा हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई पनि निशाना बनाइन् । युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको उनको तर्क थियो । मोहम्मद युनुसले विदेशी कोष प्रयोग गरेर सुनियोजित योजनामार्फत सत्ता प्राप्त गरेको आरोप हसिनाले लगाइन् ।
बङ्गलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्नेहरूका बारेमा पनि उनले बयान दिएकी छिन् । यस्ता माग गर्नेहरूको साहसले आफूलाई अचम्मित पार्ने उनले बताइन् ।
हसिनाले भनिन्, ‘उनीहरूले यो सोच्नु हुँदैन कि म सबै कुरा छोडेर देश छोडेर गएको हुँ । संविधान अनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको छनोट गरिएको उम्मेदवारको रूपमा म बंगलादेशको प्रधानमन्त्री हुँ । उनीहरूको सत्ताको कुनै वैधता छैन ।’ शेख हसिनाको भाषणमा बङ्गलादेशबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण