राय, सुझाव र प्रतिक्रियाबारे छलफल गर्न सर्च कमिटीको बैठक
काठमाडौँ । संक्रममणकालीन न्याय सम्बन्धी आयोगका लागि नाम सिफारिस गर्न गठित समिति (सर्च कमिटी)को बैठक बस्दैछ । कमिटीका प्रवक्ता डा.लिली थापाका अनुसार अनुसार केहीबेरमा बस्ने बैठकमा आयोगका अध्यक्ष तथा सदस्यहरूको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रियाको मस्यौदामा मागिएको राय सुझाव र प्रतिक्रियाका बारेमा छलफल हुनेछ ।
‘आज कमिटीको बैठक बस्दैछ । सोही बैठकमा के कति र के कस्ता सुझाव आए भन्ने खुल्छ’, थापाले भनिन्, ‘त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ ।’
मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा.लिली थापा सदस्य छन् ।
कमिटीलाई आयोगका अध्यक्ष तथा सदस्यहरू छनोट गर्न २ महिनाको समय दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण