बागलुङमा ताराखोलाका वडाध्यक्ष मृत फेला
बुधबार, २७ चैत २०८१, १५ : ०५

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।
करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार भण्डारी आफ्नै घरमा मृत भेटिएका हुन् । घटनापछि चार जना प्रहरी घटनास्थल गएको र थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
-
प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित
-
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
-
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
-
बाबिल खानले लिए करियरबाट ‘ब्रेक’
-
सुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण