सुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण
सारांश
- उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरु लोकार्पण गरियो। कार्यक्रममा साहित्यकारहरूले उपन्यासको प्रशंसा गरे।
- वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे प्रमुख अतिथि थिए र उनले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए।
- उपन्यासकारले आफ्नो ७१ औं जन्मदिनमा कृति सार्वजनिक गरे, जसलाई उदाहरणीय कार्यको रूपमा लिइयो।
काठमाडौँ । उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण भएको छ । शनिबार नेपाल स्रष्टा समाजको आयोजनामा साहित्य सदनमा आयोजित एक कार्यक्रममा साहित्यकारहरू रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई र उपाध्यायका गुरु माधव प्रसाद गौतमलगायतले उक्त उपन्यासको लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरे थिए । पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको उपन्यासले समाजको यथार्थलाई मेटेको बताउँदै उनले ऐँजेरु जस्ता पात्रहरू यस समाजमा यत्रतत्र पाइने उनले बताए ।
‘पात्रहरूले सजीव ढङ्गले संवाद गरेका छन्। कथावस्तु शान्त र सलल बगेको छ,’ पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईले भने । उपन्यासका पात्रहरू जीवन्त भएको भन्दै उनले चरित्र चित्रणमा मिहिनता देखिएको ऐँजेरुलाई पठनीय कृति भने । वरिष्ठ नियात्राकार निर्मोही व्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए । ‘सुकदेवले यो विषयमा नलेखेको भए म लेख्थेँ,’ उनले अगाडि भने । उपन्यास पढेर आफू निकै भावुक भएको उनको भनाइ थियो ।
‘हिजो आज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ । तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो,’ सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने । आफ्नो ७१ औं जन्मोत्सबमा उपाध्यायले दोस्रो कृति निकालेका थिए । कृति निकाल्नु स्रष्टा अनि उनको परिवारको निम्ति मात्र नभएर समाजको लागि उदाहरणीय कार्य हो भएको भन्दै घिमिरेर्ले थोरै समयमा साहित्यमा परिचित भएकोमा उपाध्यायलाई बधाई पनि दिए ।
कार्यक्रममा डा. शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा उपन्यासकारका गुरु माधव प्रसाद गौतम, उपन्यासकार स्वयम्ले पनि आफ्नो मन्तव्य राखेका थिए । स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण