सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

सुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण

आइतबार, ०४ जेठ २०८२, १४ : ४४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरु लोकार्पण गरियो। कार्यक्रममा साहित्यकारहरूले उपन्यासको प्रशंसा गरे।
  • वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे प्रमुख अतिथि थिए र उनले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए।
  • उपन्यासकारले आफ्नो ७१ औं जन्मदिनमा कृति सार्वजनिक गरे, जसलाई उदाहरणीय कार्यको रूपमा लिइयो।

काठमाडौँ । उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण भएको छ । शनिबार नेपाल स्रष्टा समाजको आयोजनामा साहित्य सदनमा आयोजित एक कार्यक्रममा साहित्यकारहरू रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई र उपाध्यायका गुरु माधव प्रसाद गौतमलगायतले उक्त उपन्यासको लोकार्पण गरे । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरे थिए । पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको उपन्यासले समाजको यथार्थलाई मेटेको बताउँदै उनले ऐँजेरु जस्ता पात्रहरू यस समाजमा यत्रतत्र पाइने उनले बताए । 

‘पात्रहरूले सजीव ढङ्गले संवाद गरेका छन्। कथावस्तु शान्त र सलल बगेको छ,’ पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईले भने । उपन्यासका पात्रहरू जीवन्त भएको भन्दै उनले चरित्र चित्रणमा मिहिनता देखिएको ऐँजेरुलाई पठनीय कृति भने । वरिष्ठ नियात्राकार निर्मोही व्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए । ‘सुकदेवले यो विषयमा नलेखेको भए म लेख्थेँ,’ उनले अगाडि भने । उपन्यास पढेर आफू निकै भावुक भएको उनको भनाइ थियो । 

‘हिजो आज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ । तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो,’ सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने । आफ्नो ७१ औं जन्मोत्सबमा उपाध्यायले दोस्रो कृति निकालेका थिए । कृति निकाल्नु स्रष्टा अनि उनको परिवारको निम्ति मात्र नभएर समाजको लागि उदाहरणीय कार्य हो भएको भन्दै घिमिरेर्ले  थोरै समयमा साहित्यमा परिचित भएकोमा उपाध्यायलाई बधाई पनि दिए । 

कार्यक्रममा डा. शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा उपन्यासकारका गुरु माधव प्रसाद गौतम, उपन्यासकार स्वयम्ले पनि आफ्नो मन्तव्य राखेका थिए । स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप