काठमाडौँ । राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप आजदेखि च्यासल मैदानमा सुरु भएको छ । नेपाल रग्बी संघले आयोजना गरेको चौथो राष्ट्रिय फिप्टिन्स च्याम्पियनसिप आगामी वैशाख २ गतेसम्म चल्नेछ ।
_vi3olGM9lY.jpg)
विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिप्टिन्स रग्बी प्रतियोगिता राष्ट्रिय स्तरका क्लबमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले भाग लिएका छन् । उद्घाटन खेलमा आज एपीएफ क्लब र गोर्खाली रग्बी क्लब भिडेका छन् ।
_eMP6s4joKD.jpg)
खेलको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुणारत्ने छन् भने म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरुणा छन् । खेलका लागि नेपाली रेफ्री भने प्रेमबहादुर कोइराला छन् । वेपाल रग्बी संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ सिल्डको रूपमा राखेको थियो ।
_EF25tAMax2.jpg)
गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो । सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ ।
_EUSKrOuabU.jpg)
यो पटकको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित रनिङ सिल्ड जित्नेछ । उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १५ हजारसहित ट्रफी पाउनेछन् ।
_5WOVWvJUsA.jpg)
_qradkcPqIh.jpg)
_QuJULiAird.jpg)
_VRGPQgMkL1.jpg)
_1pRq4uwuzK.jpg)
_ugwEAVhkxj.jpg)
_KiwZDZYmDE.jpg)
_ER5P0Vw6Sf.jpg)
_0lo8o9Wssm.jpg)
_mwgwatdVpT.jpg)
_Iqaf09rzg1.jpg)
_ORY4WS4Aku.jpg)
_DdO9StVlQ6.jpg)
_GSQd8MNgeV.jpg)
_YA0yiQPuj7.jpg)
_uIP5tYhXOF.jpg)
_Lcp4RnTMXC.jpg)
_oebJSGw1LW.jpg)
_SGvfIfDOds.jpg)
_tGRCDMPao9.jpg)
प्रतिक्रिया