गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
रफाह । युद्धविराम सम्झौता समाप्त भएदेखि नै इजरायलले गाजामा निरन्तर हवाई आक्रमण गरिरहेको छ । अब इजरायलले गाजाको ठुलो क्षेत्र कब्जा गर्न थालेको छ ।
इजरायलले फेरि एक पटक गाजाका आवासीय भवनमाथि आक्रमण गरेको छ । यसमा २३ जनाको मृत्यु भएको छ । आफ्ना सैनिकहरूले गाजाको ठुलो क्षेत्र ओगटेको इजरायली रक्षामन्त्री इजरायल काट्जले भनेका छन् ।
‘ठुला क्षेत्रहरू कब्जा गरिँदै छन् र इजरायलको सुरक्षा क्षेत्रहरूमा गाभिरहेका छन्, जसले गर्दा गाजा सानो र एक्लो हुँदै गइरहेको छ ।’ दक्षिणी शहरहरू रफाह र खान युनिस बिचको मोराग करिडोरको भ्रमणको क्रममा बोल्दै काट्जले भनेका थिए । बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म इजरायलले गाजामाथि दबाब बढाउन आक्रमण जारी राख्ने पनि उनले बताए ।
‘हामी हमासलाई पराजित नगरेसम्म आराम गर्ने छैनौँ ।’ अझ अगाडि उनले भने । इजरायलले स्वैच्छिक बसाइँसराइ योजनालाई प्रोत्साहन गरिरहेको र यस विषयमा काम भइरहेको पनि उनले बताए ।
शिजा्ययाह क्षेत्रमा भएको थियो आक्रमण
इजरायलले गाजाको शिजा्ययाह क्षेत्रमा रहेको आवासीय भवनमा भारी आक्रमण गरेको छ । गाजा स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा आठ महिला र आठ बालबालिका रहेको उल्लेख छ ।
यो आक्रमण शिजय्याहबाट आक्रमण गरिरहेका एक वरिष्ठ हमास नेतालाई लक्षित गरी गरिएको इजरायले सेनाले भनेको छ । मानिसहरू अझै पनि भग्नावशेषमुनि फसेको गाजाको नागरिक रक्षा एजेन्सीले बताएको छ । हमासले इजरायली आक्रमणको निन्दा गरेको छ ।
यस्तो छ इजरायलको माग
गत महिना भएको शान्ति सम्झौता इजरायलले तोडेको छ । बाँकी २४ बन्धकहरूको रिहाइको साथै हमासलाई हतियार त्याग्न सैन्य दबाबको माग पनि उसले गरिरहेको छ । आफ्ना मागहरू पूरा भएपछि गाजाको अधिकांश जनसङ्ख्यालाई अन्य देशहरूमा पुनर्वास गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव कार्यान्वयन गर्ने प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण