बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
काठमाडौँ । २०८१ सालमा नेपाली बक्स अफिसमा ८३ विदेशी फिल्म रिलिज भएका छन् । रिलिज भएका केही फिल्मले राम्रो दर्शक पाएका छन् भने केही फिल्मले न्यूनतम पनि दर्शक नपाएको देखिन्छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक बक्स अफिस रिपोट अनुसार यो वर्ष नेपालमा धेरै टिक बिक्री भएको विदेशी फिल्ममा ‘पुष्पा २’ एक नम्बर छ । फिल्मले ८ लाख ४४ हजार टिकट बिक्री गर्दै २६ करोड ४४ लाख रुपैयाँ ग्रस कमाई गरेको छ ।
त्यस्तै, धेरै टिकट बिक्री गर्ने विदेशी फिल्मको दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘कल्की २८९८ एडी’ र ‘स्त्री २’ रहेका छन् । ‘कल्की २८९८ एडी’को ३ लाख ५९ हजार टिकट बिक्री गर्दै १२ करोड ५७ लाख नेरु ग्रस कलेक्सन गरेको छ, भने ‘स्त्री २’ले २ लाख ५५ हजार बढी टिकट बिक्री गर्दै ८ करोड ११ लाख नेरु ग्रस कलेक्सन गर्न सफल भएको छ ।
नेपालमा सबैभन्दा थोरै टिकट बिक्री गर्ने फिल्मको पहिलो नम्बरमा ‘दिल लागल दुपट्टा वाली से २’, दोस्रोमा ‘राजाराम’ र तेस्रो स्थानमा ‘वेलकम’ रहेको छ । ‘दिल लागल दुपट्टा वाली से २’ले १५ टिकट बिक्री गर्दै १५०० रुपैयाँ ग्रस कमाएको छ भने ‘राजाराम’को २२ टिकट बिक्रीसँगै २१६० रुपैयाँ ग्रस कमाउन सफल छ । त्यस्तै, ‘वेलकम’को २४ टिकट बिक्री भएको देखिन्छ । यसको आम्दानी जम्मा २३२० रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण