यस्तो छ राजेन्द्र महतोको संगठन विस्तारको योजना
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) ले संगठन विस्तार तथा आर्थिक सुदृढीकरण अभियान (सुविआसु अभियान) सञ्चालन गरिरहेको छ । चैत १५ गतेदेखि सुरु भएको अभियानका लागि पार्टीले ५७ वटा जिल्लामा केन्द्रीय प्रभारी (प्रतिनिधि) खटाइसकेको छ ।
यो अभियानले तीन वटा काम गर्नेछ । रामुपा नेपालका नेता केशव झाले अभियानले संगठन विस्तारसँगै आर्थिक संकलन तथा प्रशिक्षण दिने कामसमेत गर्ने बताए । चैत १५ गतेदेखि सुरु भएको यो अभियान वैशाख मसान्तसम्म चल्ने उनले बताए ।
४५ दिनको अवधिमा ५७ वटै जिल्लामा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र वडा समिति गठन गर्नेछ । त्यसका साथै जिल्लाका विभिन्न तहमा समिति गठन गर्दा सम्बन्धित तहमा भातृ संगठन पनि गठन गर्ने जिम्मेवारी तोकिएको छ ।
रामुपा नेपालले राष्ट्रिय युवा मञ्च, राष्ट्रिय महिला मञ्च, राष्ट्रिय विद्यार्थी मञ्च, राष्ट्रिय किसान महासंघ, राष्ट्रिय मजदुर मञ्च, राष्ट्रिय थारु मञ्च, राष्ट्रिय पूर्व सैनिक मञ्च, राष्ट्रिय मुस्लिम मञ्च लगायत २६ वटा भातृ संगठन गठन गर्ने सर्कुलर गरेको छ । अभियानको क्रममा रामुपा नेपालले सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सञ्चालन गर्नेछ ।
चैत २९ गतेसम्म सबै क्षेत्रीय संयोजकहरूले आआफ्नो क्षेत्रमा क्षेत्रीय भेला गरि प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समिति गठन गर्ने र सो भेलाबाट नै सबै पालिकाको संयोजक तोक्नुपर्ने भनिएको छ । वैशाख ९ गतेसम्म सबै पालिकामा भेला बोलाइ पालिका समिति गठन गर्नुपर्ने र सम्बन्धित पालिकाको सबै वडा संयोजकहरू तोक्ने भनिएको छ ।
वैशाख २१ गतेसम्म सबै वडा संयोजकहरूको भेला बोलाई वडा समिति गठन गरी सबै वडामा एक जना सांस्कृतिक संवाद केन्द्रको संयोजक, एक जना सामाजिक सञ्जाल सञ्चालनको निम्ति संयोजक, एक जना सहकारी संयोजक, एक जना योग ध्यान उपचार संयोजक र एक जना सांस्कृतिक सत्ता अभ्यासको लागि संयोजक तोक्नुपर्ने भनिएको छ ।
वैशाख २९ गतेसम्म जिल्लाभर गठन भएका सबै तहका समितिका सदस्य तथा पदाधिकारीहरूलाई दुई दिनको प्रशिक्षण दिनुपर्नेछ र त्यसपछि सबै जिल्ला इन्चार्जहरूले जिल्लाको विस्तृत प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने रामुपा नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण