५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
बिहीबार, २८ चैत २०८१, १७ : ०८

काठमाडौँ । पाँच वर्ष लामो प्रेम सम्बन्ध टुटेपछि एक प्रेमीले आफ्ना साथीलाई प्रयोग गरेर प्रेमिकालाई ब्ल्याकमेल गरेका छन् । प्रेममा हुँदा प्रेमीलाई पठाएको गोप्य भिडियो प्रयोग गरेर आफूलाई ब्ल्याकमेल गरिएको उजुरीको आधारमा साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ स्थित शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् । अधिकारीले भिडियो दुरुपयोग गरेर रकम माग्ने र शारीरिक सम्बन्धको प्रस्ताव गर्ने गरेको पीडितले बताएकी छन् ।
आरोपीलाई सो भिडियो पूर्व प्रेमीले उपलब्ध गराएको आकलन गरिएको छ । साइबर ब्युरोका एसपी दीपकराज अवस्थी भन्छन्– ‘भिडियो उनले कसरी पाए भन्नेबारे अनुसन्धान हुँदैछ ।’
चैत २६ मा पक्राउ परेका आरोपी विरुद्ध प्रहरीले ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु
-
धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती
-
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
-
कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु