५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
बिहीबार, २८ चैत २०८१, १७ : ०८
काठमाडौँ । पाँच वर्ष लामो प्रेम सम्बन्ध टुटेपछि एक प्रेमीले आफ्ना साथीलाई प्रयोग गरेर प्रेमिकालाई ब्ल्याकमेल गरेका छन् । प्रेममा हुँदा प्रेमीलाई पठाएको गोप्य भिडियो प्रयोग गरेर आफूलाई ब्ल्याकमेल गरिएको उजुरीको आधारमा साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ स्थित शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् । अधिकारीले भिडियो दुरुपयोग गरेर रकम माग्ने र शारीरिक सम्बन्धको प्रस्ताव गर्ने गरेको पीडितले बताएकी छन् ।
आरोपीलाई सो भिडियो पूर्व प्रेमीले उपलब्ध गराएको आकलन गरिएको छ । साइबर ब्युरोका एसपी दीपकराज अवस्थी भन्छन्– ‘भिडियो उनले कसरी पाए भन्नेबारे अनुसन्धान हुँदैछ ।’
चैत २६ मा पक्राउ परेका आरोपी विरुद्ध प्रहरीले ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण