चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
चीन । चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यसबारे बताएका हुन् । विचार गोष्ठीका क्रममा शर्माले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको विषय उल्लेख गरे । उनले माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिस्ट पार्टी भएको समेत बताए । उनले चिनियाँ र नेपालबिच नागरिकदेखि नागरिकसम्म सम्बन्ध झन् बलियो हुँदै गएको उल्लेख गरे ।
समाजवादको बाटो नेपालले अंगीकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन् आवश्यक रहेको उनको भनाइ थियो ।
नेपालमा अहिले बहुदलीय व्यवस्था भए पनि यो तत्कालका लागि भएको र लक्ष्य समाजवाद भएको बताए । माओवादी केन्द्र समाजवादी विचारबाट विचलित नभएकाले चीनको साथ आवश्यक भएको उनले धारणा राखे ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउँदा आफ्नो सरकार हट्नुपरेको उनको भनाइ थियो । चीनको विकासले नेपाललाई उत्साहित गरेकाले चिनियाँ विकास मोडल नेपालले अवलम्बन गर्नुपर्ने उनले बताए । छोङ्छिङ कृषि विज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एमओयु गरिसकेको उल्लेख गर्दै यस्ता विषयले नेपाल–चीन सम्बन्धलाई थप गहिरो बनाउँदै लैजाने पनि शर्माले बताए ।
तेस्तै कार्यक्रममा चिनियाँ नेता लुई झिआउले छोङ्छिङ र नेपालबिच एउटा छुट्टै सम्बन्ध बन्नेमा विश्वास रहेको उल्लेख गरे ।
त्यस्तै अर्को एउटा कार्यक्रममा सीपीसी पार्टी स्कुलका पूर्व उपप्राध्यापक लुओ जिओ मोईले चीन विकासका लागि चीन र सी चिनफिङले अवलम्बन गरेको बाटो विषयबारे जानकारी गराएका थिए ।
कार्यक्रममा चीनले सदैव आफ्ना जनतालाई प्रमुख प्रथमिकतामा राखेको उनले जानकारी दिए । देश र जनताको विकासका लागि कहिलेकाहीँ निर्मम पनि बन्नुपर्ने भन्दै आफ्नै नजिकका मान्छेले भ्रष्टाचार गरे पनि कडा कारबाही गर्न पछि हट्न नहुने उनले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण