क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
काठमाडौँ । हड्डी बलियो र स्वस्थ राख्न क्याल्सियम सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर क्याल्सियम मात्र होइन, अन्य पोषक तत्त्वको कमीले पनि हड्डी कमजोर हुन सक्छ ।
के तपाईँलाई यसबारे थाहा छ ? हड्डी बलियो बनाउन शरीरमा भिटामिन डी, म्याग्नेसियम, फस्फोरस र प्रोटिनजस्ता तत्त्वहरू सही मात्रा हुनु जरुरी छ । यी तत्त्वको कमीले हड्डीको संरचना कमजोर हुन्छ । अनि भाँचिनेलगायत समस्या पनि हुन सक्छन् । आज हामी यी पोषक तत्त्वको कमीले के–कस्ता समस्या उत्पन्न हुन सक्छन् भनेर चर्चा गर्दैछौँ ।
भिटामिन ‘डी’को कमी
भिटामिन ‘डी’ले शरीरमा क्याल्सियमको अवशोषण बढाउन मद्दत गर्छ । यसको कमीले हड्डीमा क्याल्सियमजम्मा हुन सक्दैन । जसले गर्दा हड्डी कमजोर हुन थाल्छ । यसले ओस्टियोपोरोसिस, हड्डी दुख्ने र सुन्निने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
म्याग्नेसियमको कमी
म्याग्नेसियमले हड्डीको संरचनालाई बलियो बनाउँछ । हड्डीहरूलाई स्वस्थ राख्न यसले क्याल्सियमसँग मिलेर काम पनि गर्छ । यसको कमीले हड्डी कमजोर हुन सक्छ । यसले हड्डीको घनत्व घटाउँछ र जोर्नी दुख्न सक्छ ।
फस्फोरसको कमी
फस्फोरस हड्डीको संरचना र बलका लागि आवश्यक छ । क्याल्सियमसँग मिलेर यसले हड्डीहरूलाई सहारा दिन्छ । यसको कमीले हड्डी कमजोर हुन सक्छ र चाँडै भाँचिने जोखिम पनि हुन्छ ।
प्रोटिनको कमी
प्रोटिनले हड्डीका कोषहरू निर्माण र मर्मत गर्न मद्दत गर्छ । यसको कमीले हड्डीको तागत घट्छ । प्रोटिनको कमीले हड्डी भाँचिने र मांसपेशी कमजोर पनि हुन सक्छ ।
त्यसो भए के खानुपर्छ ?
- भिटामिन ‘डी’को लागि:
घाममा समय बिताउनुस् ।
फोर्टिफाइड दूध र अन्न खानुस् ।
साल्मन र टुना आदिको सेवन गर्नुस् ।
- म्याग्नेसियमको लागि:
पालुंगो, ब्रोकाउली जस्ता हरियो पातदार तरकारी खानुस् ।
बदाम र नट्सको सेवन गर्नुस् ।
बोक्रा नफ्याँकी अन्न खानुस् ।
- फस्फोरसको लागि:
दूध, दही, चीज जस्ता दुग्धजन्य पदार्थ सेवन गर्नुस् ।
मासु र माछा खानुस् ।
फलफूल खानुस् ।
- प्रोटिनको लागि:
अण्डा र कुखुराको मासु खानुस् ।
भटमास र दाल खानुस् ।
दही र चिज पनि खानुहोस् ।
हड्डी बलियो बनाउन क्याल्सियम मात्र होइन, भिटामिन डी, म्याग्नेसियम, फस्फोरस र प्रोटिन पनि आवश्यक हुन्छ । यी पोषक तत्वहरू सही मात्रामा प्राप्त गर्न, सन्तुलित र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । यसबाहेक हड्डी बलियो बनाउन पोषक तात्वले भरिपूर्ण आहार खानुपर्छ । नियमित रूपमा व्यायाम र योगले हड्डी बलियो बनाउन मद्दत गर्छ । धूम्रपान र मदिरा सेवन नगर्नुस् । यी बानीले हड्डीहरूलाई कमजोर बनाउन सक्छ ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण