नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित
शनिबार, ३० चैत २०८१, ०६ : १६
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न ३१ औं साधारणसभाबाट नरेश गेलाललाई पराजित गर्दै उनी विजयी भएका हुन्।
संघको अध्यक्षसहित बहुमत पदाधिकारीमा गुरुङ प्यानलबाटै निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देब कुमार खोखाली, महासचिवमा महेश कुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिम्दोङ्ग, कोषाध्यक्षमा धनमाया सिजाली निर्वाचित भएका छन्।
संघको नयाँ नेतृत्वका लागि गुरुङ र गेलाल छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए। नेकपा एमाले, एकीकृत समाजवादी र नेपाली कांग्रेसका असन्तुष्ट पक्षका मेनपावर व्यवसायीको एक प्यानल बनेर गेलालको अध्यक्षतामा उम्मेदवार बनेका थिए। भने नेपाली कांग्रेस, माओवादी केन्द्रका व्यवसायीहरू गुरुङको अध्यक्षतामा उम्मेदवारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण