अछाममा चट्याङ र हावाहुरीले भौतिक संरचना र पशुचौपायामा क्षति
शनिबार, ३० चैत २०८१, १० : ५७
अछाम । अछाममा शुक्रबार राति दुई बजे आएको चट्याङ र हावाहुरीले जिल्लाका विभिन्न स्थानहरूमा क्षति पुगेको छ। प्रहरीको प्राप्त विवरण अनुसार चट्याङ पर्दा रामारोशन गाउँपालिका–३ कालापानीमा बसोबास गर्ने गम्भिर साउँदको गोठमा बाँधिएका दुबै गाईको मृत्यु भएको छ।
सोही ठाउँका हर्क बहादुर साउँदको घरको अगाडिको भित्तामा चट्याङका कारण सामान्य चिरा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। त्यसैगरी मंगलसेन नगरपालिका–६ स्थित प्रेमप्रसाद भण्डारीको घरनजिकै परेको चट्याङले गर्दा एकवटा बाख्राको ज्यान गएको छ।
हावाहुरीका कारण मंगलसेन नगरपालिका–१३ बस्तीमा बसोबास गर्ने लाल नेपालीको घरको जस्तापाता उडाएको समेत प्रहरीले जानकारी दिएको छ। प्राकृतिक प्रकोपबाट सुरक्षित रहन तथा पशु र घर सम्पत्तिको संरक्षणमा सतर्क रहन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण