रामप्रसाद खनालको नयाँ गीत 'बाँकी छ हेर' सार्वजनिक
अमेरिका । लोक तथा दोहोरी गायक रामप्रसाद खनालले नयाँ गीत 'बाँकी छ हेर' सार्वजनिक गरेका छन् । गीतमा थानेश्वर गौतमले सङ्गीत गरेका छन् भने बीबी अनुरागीले सङ्गीत संयोजन गरेका छन् ।
१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनालले हरेक वर्ष अमेरिका बाटै पनि एल्बमहरू निकाल्दै आएका छन् । लोकगीत, सङ्गीत र दोहोरी गीतका क्षेत्रमा चार दशक यता सक्रिय खनालको यो गीत 'बाँकी छ हेर' माया प्रेममा आधारित गीत छ ।
खनाल आफैले पनि अभिनय गरेको यो गीतमा उनले यस पटक अहिलेको नयाँ पिँडीका चर्चित दुई मोडेल सरोज प्रजा र सोनी विश्वकर्मालाई पनि समावेश गरेका छन् ।
सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर पन्त सहित विभिन्न एक दर्जन भन्दा बढी कलाकारहरूले अभिनय र नृत्य गरेका छन् । राकेश दाहालले सम्पादन गरेको खनालको यो म्युजिक भिडियो देव दोर्जे लामाले छायाङ्कन गरेका थिए भने बबिता पोखरेलले नृत्य निर्देशन गरेकी थिइन । गीत प्रिज्मामा रेकर्ड गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण