जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
सुर्खेत । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबिच सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा. राजन सुवालले आइतबार आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आंकलनका लागि ८५ जना प्राविधिक भूकम्पबाट प्रभावित जिल्लाका क्षति आंकलन हुन बाँकी स्थानीय तहहरुमा खटाउने छ।
यसअघि विस्तृत क्षति आंकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पस बीच पनि सम्झौता भई विस्तृत क्षति आंकलन थियो।
चैत्र ३० गते साँझसम्मको प्राधिकरणको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार जाजरकोट भूकम्पबाट प्रभावित ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आंकलन भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण