इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह
मङ्गलबार, ०२ वैशाख २०८२, १४ : ३६
काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको गलत हर्कतलाई एमाले र कांग्रेसका इमानदार नेता कार्यकर्ताहरूले स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेता कार्यकर्ताहरुले यी नेताहरूको कुकर्मलाई स्विकार्दैनन् । नेताहरूको लुट, भ्रष्टाचार तपाईँकै पार्टीका नेता कार्यकर्तालाई बढी थाहा छ ।’
सिंहदरबारबाट भ्रष्ट नेताहरूले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलेको संकटबाट निकास पाउने बताउँदै उनले अति गरे जनताले लतारेर निकाल्ने चेतावनी दिए ।
उनले अहिले मुलुक गम्भीर संकटबाट गुज्रिरहेको बताउँदै सरकार सञ्चालन सही व्यक्तिबाट हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण