निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटीको मतदान हुने
पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगञ्ज महानगर कमिटिको नयाँ नेतृत्वको चुनाव अनिश्चित बनेको छ ।
महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि लागि चार दिन अगाडि ‘नोमिनेशन’ भएको थियो । नोमिनेशन भएको चार दिन बितिसक्दा पनि मतदान भने अझै हुन नसकेको अध्यक्ष पदका उम्मेदवार सुन्दर राउत कुर्मीले बताए ।
वीरगञ्ज मा नोमिनेशनकै दिन कर्फ्यू लागेपछि निर्वाचन स्थनगन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए । उनका अनुसार अहिले पनि वीरगन्जमा निषेधाज्ञा लागु छ, यो अवधिमा मतदान गराउन सकिँदैन । उनले भने, ‘अहिले हामीलाई यहीकारणले कठिनाइ भइरहेको छ, अब यो हटेपछि अध्यक्ष मण्डलहरुको बैठक बसेर हामी मतदान गराउने छौँ ।’
तर अहिलेको अवधिमा सम्भव नरहेको उनको भनाइ छ । गएको ३० गते महानगरको कमिटी नयाँ नेतृत्वको चयनका लागि नोमिनेसन भएको थियो ।
एमाले नगर कमिटीमा ८३ पदका लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्ष पदमा २, उपाध्यक्षमा २, सचिवमा ४ र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा सुन्दर राउत कुर्मी र नवराज शर्माको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण