एमालेभित्रको विवाद : विराटनगरमा पनि दुई प्यानल
_huClNLz7SQ.jpg)
विराटनगर । नेकपा एमालेको दुई पक्षबिच सहमति नजुट्दा विराटनगर महानगरपालिकाको नयाँ नेतृत्वको लागि पनि निर्वाचन हुने देखिएको छ ।
एमाले नेता विनोद ढकाल समूह र पार्टीको संस्थापन पक्षबिच महानगरपालिकामा पनि प्रतिस्पर्धा हुन लागेको हो । दुवै पक्षले आ–आफ्नो पक्षका उम्मेदवार घोषणा गरेका छन् ।
महानगरको अध्यक्षको लागि संस्थापन पक्षबाट हालका अध्यक्षसमेत रहेका रोहित कोइराला र ढकाल समूहबाट वर्तमान सचिव बलराम गिरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोइरालाको समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास, उपसचिव (महिला) मा कला डाँगी उम्मेदवार बन्ने निश्चित भएको छ ।
यस्तै ढकाल समूहबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान शर्मा चपागाई र उपसचिवमा हमित हाजाजको उम्मेदवारी निश्चित भएको छ । महिला उपसचिवमा हिमा मैनाली पोख्रेल उम्मेदवार बनाइएको छ । ढकाल समूहले विराटनगर महानगरमा आफ्नो पक्ष बलियो भएकोले जित निश्चित रहेको दाबी गरेको छ ।
उता संस्थापन पक्षले भने बहालवाला अध्यक्ष नै उम्मेदवार रहेकोले उनकै समितिका सचिवसँगको प्रतिस्पर्धा खासै चुनौतीपूर्ण नहुने जिकिर गरेको छ ।
विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको चुनावको विषयलाई लिएर सागर थापालाई एमालेले कार्वाही गरेपछि संस्थापन पक्षले कोइरालालाई संगठन कमिटीको अध्यक्ष बनाइएको थियो । ढकाल समूहबाट थापाले मोरङ जिल्ला उपाध्यक्षमा विजयी भइसकेका छन् ।
ढकाल पक्षले मोरङ जिल्ला समितिका पदाधिकारीमा संस्थापन पक्षलाई क्लिन स्वीप गरेपछि भने सो समूहको मनोबल बढेको छ । विराटनगरमा ढकाल समूह बलियो मानिन्छ । लामो समय महानगरको अध्यक्ष भएका थापा र मोरङमा ढकाल बलियो भएको कारण गिरीले निर्वाचन जित्ने आँकलन धेरैको छ ।
एमाले महानगर कमिटीको दोस्रो अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि चुनिएका छन् । त्यस्तै जनसङ्गठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएको जनाइएको छ । थप १५ जना प्रतिनिधि मनोनीत गरेर जम्मा ३१५ मतदाता छन् । हालसम्म मोरङमा एमालेको १२ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ वटा पालिकाको मिति तोकिएको छ । लेटाङ नगरपालिकाको अधिवेशनको भने मिति निश्चित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन