सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
काठमाडौं । केही समयअघि बलिउड अभिनेता गोविन्दा र सुनिता आहुजा सम्बन्ध विच्छेदको खबरले चर्चामा थिए ।
सुनिताले अदालतमा सम्बन्ध विच्छेदका लागि याचिका दिएको खबर पनि आएको थियो । यस्तैमा सुनिता र गोविन्दा छुट्टाछुट्टै घरमा बस्दै आएको खबर आयो । अनि त यो खबर भाइरल भयो । तर, अब सुनिताले सम्बन्ध विच्छेदबारे मुख खोलेकी छिन् ।
बम्बे फेसन विकमा इन्स्ट्यान्ट बलिउडलाई दिएको अन्तरवार्तामा उनले भनिन्, ‘मलाई केही फरक पर्दैन, जस्तोसुकै खबर आओस्, मैले पहिले पनि भनेको छु कि हाम्रै मुखबाट नसुन्दासम्म विश्वास नगर्नुस् भनेर । जबसम्म हाम्रै मुखबाट सुन्नु हुन्न, तबसम्म कुनै पनि समाचारमा प्रतिक्रिया नदिनु होला तपाईंहरू ।’
फेसन विकमा गोविन्दाको नाम सुनेर रिसाएकी थिइन् सुनिता ?
सुनिता आहुजाले हालै आफ्नो छोरा यशवर्धनसँग बम्बे फेसन विकमा र्याम्पमा हिँडेकी थिइन् । उनी र्याम्पमा आउने बित्तिकै फोटोग्राफरहरूले गोविन्दलाई सम्झन थाले र गोविन्द कहाँ छन् भनेर सोध्न थाले ।
सुनिता यसमा मौन रहिन् । तर केही समयपछि, जब कार्यक्रम सकियो, सुनितालाई गोविन्द कहाँ छ भनेर सोधियो । यो सुनेपछि सुनिताले अन्तरवार्ता अधुरो छोडेर गइन् ।
यसरी शुरु भएको थियो सम्बन्ध विच्छेदको अफवाह
सुनिता आहुजाले केही समयअघि हिन्दी रशलाई दिएको एक अन्तरवार्तामा आफू र गोविन्दा विगत १२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको बताएकी थिइन् ।
अर्काे अन्तरवार्तामा उनले आफू एक्लै रक्सी पिएर आफ्नो जन्मदिन मनाउने भनेकी थिइन् । सुनिताका यी अभिव्यक्ति भाइरल भए अनि सम्बन्ध विच्छेदको खबर हेडलाइनमा आयो ।
त्यति नै बेला मिडिया रिपोर्टहरूमा ६१ वर्षीय गोविन्दाको ३० वर्षीया मराठी अभिनेत्रीसँग अफेयरको खबर पनि आयो ।
गोबिन्दाको अफेयरकै कारणले सुनिताले आफ्नो ३८ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको बताइएको थियो । तर, पछि उनका प्रबन्धकले यी खबरहरूलाई अफवाह भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण