मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
मङ्गलबार, ०२ वैशाख २०८२, २२ : १८
झापा । मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीको बुद्ध चोकमा सोमबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाईते स्थानीय ६० वर्षीय पुष्प दास दर्जीको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डुडामारी चोकबाट झिलझिलेतर्फ गइरहेको प्र. १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते दर्जीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो ।
दुर्घटनामा संलग्न सोही ठाउँका मोटरसाइकल चालक ३० वर्षीय दुरेन शेर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण