मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
पोखरा । पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ । यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीको पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो ।
जसले गर्दा सर्वसाधारणले दैनिक आवतजावत गर्न सास्ती बेहोर्नुपरेको छ । अहिले पोखराको सेती खोला पुल, तालचोक लगायतका क्षेत्र धुलाम्मे भएका छन् ।
पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुनेछ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दूरीको सडक २० किलोमिटर ६ लेनको बनाइने आयोजनाले जनाएको छ ।
सो राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ भने जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।
_AHSvmOy2qq.jpg)
_E8VgCG2II5.jpg)
_DnAU66o47J.jpg)
_p9LYyouT3y.jpg)
_RWhkp8p6lh.jpg)
_VXFRlVuFcw.jpg)
_QMUNOTDlyP.jpg)
_wX5qZNHAf7.jpg)
_FlQGWuhdN3.jpg)
_aQLjV68YUO.jpg)
_FbyZRcS7x8.jpg)
_zkaPg5Ni12.jpg)
_cyNF3vktZP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण