वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगन्जमा भड्किएको सामाजिक सद्भाव कायम गर्न गम्भीर बन्नुपर्ने टिप्पणी गरेका छन् ।
आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै वीरगन्जमा सरकारले सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न गम्भीर बन्नुपर्ने बताएका हुन् ।
देशको आर्थिक राजधानी एवं प्रमुख सहरको जनजीवन दिनदिनै बिग्रँदै गएको भए पनि सरकार मौन बस्नु लज्जास्पद रहेको टिप्पणी साहले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वीरगन्जबाट नेकपा एमालेका नेता राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानुन मन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदीप यादव खानेपानी मन्त्री रहेका छन् ।
संघीय सरकारमा रहेका यी मन्त्री सहित स्वयम प्रधानमन्त्री समेत वीरगंज घटनाप्रति उदासिन हुनु दुखद् भएको बताउादै आजपा अध्यक्ष साहले वीरगन्जमा सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण