वीरगञ्जमा पक्राउ परेका चार जनामाथि ६ दिन म्याद थप
पर्सा । वीरगञ्जमा मंगलबार पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न म्याद थप भएको छ ।
वीरगञ्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव विथोल्ने शेख खुर्सेद, सलाउदिन मिया ठकुराइ, रवि सरार्फ र बल्जित सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।
केही दिन अघि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उच्छृङ्खल गतिविधि गर्दै धार्मिक सद्भाव विथोलेको आरोपमा उनीहरु पक्राउ परेका थिए । जिल्ला अदालत पर्साले बुधबार उनीहरुमाथि अनुसन्धान गर्न ६ दिनको म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुई जना विरुद्ध राज्य विरुद्धको कसुर र दुई जना विरुद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको हो । प्रहरीले सात दिनको म्याद थप मागेको थियो ।
यसैबीच हिन्दुवादी संगठनले पक्राउ परेका आफ्ना दुई जनालाई छुटाउन प्रदर्शन गरेका छन् ।
सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडियो विश्लेषणको आधारमा उनीहरू पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण