आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा जित हासिल गर्दै दिल्ली १० अंककासाथ शीर्ष स्थानमा उक्लिएको हो । राजस्थान रोयल्सविरुद्धको खेलमा दिल्ली सुपर ओभरमा विजयी घोषित भयो ।
आईपीएलको ३२औँ खेलमा दिल्लीले राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेकामा जवाफी व्याटिङ गरेको पाहुना टोलीले समेत निर्धारित २० ओभरमा समान १ सय ८८ रन बनाएपछि निर्णायकले सुपर ओभरको सहायता लिनु परेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । दिल्लीका लागि ओपनर अभिषेक पोरेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै, केएल राहुलले ३२ बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतले ३८ रन जोडे ।
कप्तान अक्षर पटेलले तीव्र गति रन बनाए । उनले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडे । खेलको उत्तरार्धतिर ट्रिस्टन स्टब्सले १८ बलमा ३४ रन तथा आशुतोष शर्माले १५ रनको महत्वपूर्ण योगदान दिए ।
राजस्थानका लागि जोफ्रा अर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए । त्यस्तै, महिष थिकशाना र वानिन्दु हसरंगाले १–१ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको राजस्थानका लागि ओपनर यशस्वी जयसवाल र नितिश राणाले समान ५१ रन बनाए । जयसवालले ३७ तथा राणाले २८ बलमा अर्धशतक पार गरेका हुन् ।
कप्तान सञ्जु सामसनले १९ बलमा ३१ रन बनाउँदा ध्रुव जुरेलले १७ बलमा २६ रन बनाए । यस्तै, शिमरोन हेटमायर १५ रनमा अविजित रहँदा रियान पराग ८ रनमा आउट भए । बलिङतर्फ दिल्लीका मिचेल स्टार्च, अक्सर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए । यो सँगै दिल्ली गुजरात टाइटन्सलाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ७ मध्ये ५ खेलमा हार व्यहोरेको राजस्थान अंक तालिकाको आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता