ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
काठमाडौं । अमेरिकी एक विशेष दूतले बाँकी बन्धकहरुलाई रिहा गरे गाजामा लडाइ तुरन्त समाप्त हुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पका शीर्षस्थ विशेष दूत एडम बोहलरले बन्धकहरुबारे प्रतिक्रिया दिंदै यस्तो बताएका हुन् ।
हमासले बाँकी सबै बन्धक एवं बन्दीहरु रिहा गरे गाजामा इजरायली आक्रमण समाप्त हुने बोहलरको हवाला दिँदै अलजजिराले अनलाइन संस्करणमा उल्लेख गरेको छ । विशेष दूत बोहलरले भने, ‘म तपाईंलाई बताउन सक्छु, कि यदि हमासले बाँकी सबै बन्धकहरुलाई रिहा गरेका खण्डमा लडाइ तुरुन्त समाप्त हुनेछ ।’
बन्धकहरु छोडेकै दिन तथा समय लडाइ सकिने उनको जिकिर छ । गाजामा मर्नेहरुको संख्या ५१ हजारमाथि पुगेपछि बोहलरको प्रतिक्रिया आएको हो । ५१ हजारबढी मानिसको हताहती हुँदा त्यसमा १६ सय ५२ प्यालेस्टाइनी छन् ।
मार्चमा संघर्ष विराम समाप्त भएको जानकारी प्राप्त भएदेखि इजरायलले फेरि आक्रमण शुरु गरेको थियो । यो अवस्थामा अमेरिकी विशेष दूत बोहलरले बल हमास कै कोर्टमा रहेको बताएका छन् । ह्वाइट हाउसबाट उनले भने, ‘हमासले जुन सुकै बेला सम्पर्क गर्न सक्छ । र, मामला सल्टाउन सक्छ ।’ बन्धक रिहाई पहिलो शर्त भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण