विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले अहिलेसम्म विद्यालय शिक्षा विधेयकका ७६ दफा पारित गरेको छ ।
१६३ दफा रहेको विधेयकका ७६ दफामा छलफलपछि सहमति गर्दै पारित गरेको हो । उपसमितिले पारित गरेका ती दफा कम विवादित हुन् ।
त्यस्तै २० दफामा भने व्यापक छलफल गरिएको छ । तर, पारित हुन सकेका छैनन् ।
शिक्षा समितिका सचिव दशरथ धमलाले हालसम्म उपसमितिमा ९६ दफामा छलफल भएको बताए । ती मध्ये ७६ दफा पारित भएका हुन् भने २० दफामा छलफल भइरहेको हो ।
२० दफामा थप अध्ययन तथा व्यापक छलफलका लागि राखिएका छन् । उपसमितिमा हरेक दिन विधेयकमाथि ४/५ घण्टा छलफल हुदै आएको छ । आज परिच्छेद ५ सँग सम्बन्धित दफाहरुमा छलफल भएको सचिव धमलाले बताए ।
परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धी व्यवस्था छ । उक्त परिच्छेदमा विद्यालय शिक्षक सेवाको गठन, शिक्षकको श्रेणी विभाजन, शिक्षकको दरबन्दी, नियुक्ति र पदस्थापन, शिक्षकको योग्यता, उम्मेद्वार हुनको लागि अयोग्यता, परीक्षणकाल लगायतका प्रावधान राखिएका छन् ।
ती दफाहरुमा व्यापक छलफल भएको तर, सहमति हुन नसकेको उनको भनाइ छ ।
सहज विषयमा धमाधम सहमति जुटाएको उपसमितिले अहिले भने जटिल विषयमा छलफल अघि बढाएको हो ।
सरकारले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरेको छ । उक्त बैठकमा पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको हो ।
तर, छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका रहेकाले उक्त मितिमा पेश गर्न गाह्रो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण