रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
भद्रपुर । जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।
उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । ‘समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्’, उनले भने ।
वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण गरी हुर्काइएको वनबाट काठपात बिक्री गरी तलब भत्ता खाने गरिए पनि कार्यक्रम स्वीकृत नहुँदा लामो समयदेखि काठ बिक्री नभएको आयोजना प्रमुख गौतमले बताए । उनका अनुसार रतुवामाई वृक्षरोपण आयोजनाअन्तरर्गत दुई हजार ७५३ दशमलव ७६ हेक्टर वनक्षेत्र रहेको छ ।
आयोजनाको उक्त वनक्षेत्र पूर्वमा कनकाई नदी, पश्चिममा रतुवा नदी, उत्तरमा चुलाचुली फेदी र दक्षिणी सिमाना पूर्व–पश्चिम राजमार्ग पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण