तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
शुक्रबार, ०५ वैशाख २०८२, १४ : ४६
काठमाडौँ । वैशाख ८ गते सोमबार विवाह बन्धनमा बाँधिन लागेकी पूर्वमिस नेपाल अश्मी श्रेष्ठको विवाह समारोह बिहिबारबाट सुरु भएको छ ।
प्रेमी शशाङ्कलाल श्रेष्ठसँग विवाह गर्न लागेकी उनको बिहिबार मेहेन्दी समारोह आयोजना भएको छ ।
जसमा उनी प्रेमी श्रेष्ठसँग खुसी देखिएकी छन् । मेहेन्दी समारोहका केही तस्बिर उनले सामाजिक सञ्जालबाट शेयर समेत गरेकी छन् । जसमा लेखेकी छन्, ‘अब सँधैको लागि सुरुवात ।’
अश्मीले प्रेमी शशाङ्कलाल श्रेष्ठसँग २०८० साल पुस १९ गते इन्गेजमेन्ट गरेकी थिइन् । अमेरिका बस्दै आएका श्रेष्ठसँग त्यहीँ पुगेर उनले इन्गेजमेन्टको घोषणा गरेकी थिइन् ।
२०१६ मा मिस नेपालको उपाधि जितेकी उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण