तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति

काठमाडौँ । गत फागुनदेखि हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
यसअवधिमा २ सय ५७ जना घाइते भएका छन् भने करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति समेत भएको छ ।
अहिले प्रि-मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको समय प्रि-मनसुन हो ।
‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचा, २०७० (संशोधन, २०७५) मा उल्लेखित विषयगत क्षेत्र (क्लस्टर) अनुसारका सरकारी निकाय (लिड्स) र सहयोगी निकाय (को– लिड्स) को सहभागिता र सहकार्यमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७ (संशोधन, २०७६) बमोजिम मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ तर्जुमा भइरहेको छ,’ प्राधिकरणका प्रवक्ता राम बहादुर केसीद्धारा जारी सूचनामा भनिएको छ ।
प्रि-मनसुनको अवधिमा मौसमी अवस्थाको कारणले घट्न सक्ने विपद्जन्य घटनाबाट सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न जिम्मेवार सबै निकाय कार्यजिम्मेवारी अनुसार सक्रियतापूर्वक परिचालित हुन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट जारी हुने विपद् सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न र विपद् बारे चासो राखी एवं चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ र सहयोग गर्न प्राधिकरणले अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान