शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’

शनिबार, ०६ वैशाख २०८२, ०५ : १४
शनिबार, ०६ वैशाख २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुबैलाई चेतावनीपूर्ण भाषामा शान्ति सम्झौताको मामलामा अफ्ठ्यारो सिर्जना गर्ने भए अमेरिका ‘रुस–युक्रेन युद्ध विरामबाट पछि हट्ने बताएका छन् । 

उनले ओभल अफिसमा पत्रकारहरुसँग यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कै अवस्थामा केही खास दिन मै युद्धविराम हुने कुनै सम्भावना छैन । यद्यपि, म चाहन्छु कि यो चाँडै होस् ।’
ट्रम्पको यो टिप्पणी विदेशमन्त्री मार्को रुबियोले दिएको चेतावनीको केही घण्टापछि आएको हो । रुबियोले भनेका थिए, ‘हामी यो प्रयासलाई हप्तौँ तथा मिहनौँसम्म जारी राख्न सक्दैनौं । यदि त्यस्तो हो भने अमेरिका वार्ता छोड्दिन्छ ।’

अमेरिकाका लागि ध्यान दिने अन्य थुप्रै प्राथमिकताहरु छन् भन्दै विदेशमन्त्री रुबियोले कटाक्ष समेत गरेका थिए । रुस र युक्रेनबीचको सम्झौताबारे पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘हामी यहाँ सर्वसाधारणको मृत्युबारे कुरा गरिरहेका छौं । र, हामी यसलाई आदर्शको रुपमा रोकिदिन सक्छौं ।’ 

ट्रम्पले, ‘कोही कुनै पनि कारण अफ्ठ्यारो सिर्जना गरिदिन्छ भने हामी यहि भन्छौं, तिमी मूर्ख हौ, तिमी मूर्ख हौ, तिमी डरलाग्दो हौ । र, हामी यसलाई नदेखेझैं गरिदिन्छौं’ समेत भनेका छन् । रुसले सन् २०२२ मा युक्रेनमा पूर्ण बलका साथ आक्रमण शुरु गरेको थियो । र, सम्भावित कुनै पनि युद्धविराममा कयौँ शर्त राखेको छ । 

ट्रम्प प्रशासनले सुरुवातदेखि नै प्रयास गरिरहे पनि पूर्ण युद्धविराम सम्झौतामा पुग्नका लागि हालसम्म गरिएका प्रयत्न परिणाममुखि हुन सकेको छैन । जसका लागि वासिंग्टन दुबै पक्षलाई दोषी ठानिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप