जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला
शनिबार, ०६ वैशाख २०८२, २१ : २७

घोडाघोडी । जिल्लाको टीकापुर नगरपालिका– २ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए । पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उनले बताए ।
गन्हाएपछि स्थानियले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताए । घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा.आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो ।
स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छभने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु