सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु
शनिबार, ०६ वैशाख २०८२, २२ : ११
सिराहा । सिराहाको मिर्चैयामा नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा जमेको पानीमा डुबेर सिराहाको मिर्चैया नगरपालिका वडा नं. ५ का किसुन साफीकी ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
शनिबार घर छेउकै नालामा मृत अवस्था बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको जिल्ला प्रहरीले कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र पामानले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण