सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार

आइतबार, ०७ वैशाख २०८२, ०१ : ४३
आइतबार, ०७ वैशाख २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित हासिल गरेको छ ।  शनिबार भएको ३६ औं खेलमा लखनऊले राजस्थान रोयल्समाथि दुई रनको रोमान्चक जित निकालेको हो । यो जितसँगै चौथो स्थानमा उक्लिएको लखनऊले आठ खेलबाट १० अंक बनाएको छ । समान खेलबाट राजस्थानको ६ अंक छ ।

पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर राजस्थान सामु १८१ रनको चुनौति पेश गरेको थियो । जवाफमा राजस्थानले निर्धारित २० ओभरमा १७८ रन मात्रै बनाउन सक्यो । 

राजस्थानका लागि ओपनर यशस्भी जयसवालले सर्वाधिक ७४ रन बनाए । कप्तान रियान परागले ३९ र वैभव सूर्यवंशीले ३४ रनको योगदान दिए । लखनऊका आवेश खान एक्लैले ३ विकेट लिए भने शार्दुल ठाकुरले १ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा ५ विकेटको गुमाएर १ सय ८० रन बनाएको थियो । लखनऊको सुरुवात राम्रो रहेन ।  तेस्रो ओभरमै फर्ममा रहेका मिचेल मार्स ४ रन बनाएर पभेलियन फर्किदा ओरेन्ज क्यापको दौडमा अगाडि रहेका निकोलस पूरन लामो समय टिक्न सकेनन् । उनी  ११ रन बनाएर आउट भए ।

कप्तान ऋषभ पन्त ३ रन बनाएर आउट हुँदा टोलीले आठौँ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन मात्र जोड्न सक्यो । त्यसपछि ऐडन माक्र्रम र आयुष बडोनीले लखनऊको पाली सम्हाले । उनीहरूले साझेदारीमा ४९ बल खर्चिएर ७६ रन जोडे ।

माक्र्रमले ४५ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले ६६ रन जोडे । माक्र्रम आउट भएपछि भने बडोनी लामो समय टिकेनन् । उनले ३ बलमा ५० रन बनाए । यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे । 

खेलको अन्त्यतिर अब्दुल सामदले तीव्र गतिमा रन बनाए । उनले मात्र १० बलमा ३० रनको महत्त्वपूर्ण पाली खेले । उनले ४ छक्का प्रहार गरे ।  राजस्थानका लागि वानिन्दु हसरंगाले २ विकेट लिए भने जोफ्रा आर्चर, सन्दीप शर्मा र तुसार देशपाण्डेले १–१ विकेट हासिल गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप