रौतहट ट्राफिकद्वारा ९ महिनामा १ करोड बढी राजश्व सङ्कलन
रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा मातहतका युनिटहरूले ९ महिनाको अवधिमा नियम विपरीत चलेका सवारी साधनलाई गरेको कारबाहीबाट १ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ।
गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम विपरीत चलेका ११ हजार ४८९ सवारी साधनलाई गरिएको कारबाहीबाट कुल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।
९ महिनाको अवधिमा जिल्ला भरीमा भएको ५४९ सवारी दुर्घटनामा ३८ जना मानिसको मृत्यु भएको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन्। उक्त दुर्घटनामा परी ६६ जना मानिस गम्भीर तथा ८३६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
ट्राफिक प्रहरीले सोही अवधिमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यालय, बाटो, सार्वजनिक स्थलमा गरी दुई हजार ३९९ सचेतना मूलक कार्यक्रम आयोजना गरेको जसमा ५३ हजार ९३६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
कम जनशक्तिको बाबजुद जिल्लाको मुख्य पूर्व पश्चिम राजमार्गको बागमती, चन्द्रनिगाहपुर, गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत दुमारिया, गरुडा, शिवनगर, सुकदेव चौक, बमनहर, गौर र ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण