सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
आइतबार सिंहदरवारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था लयमा फर्किन थालेको भन्दै सबल अर्थतन्त्र निर्माण गर्ने उदेश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।
देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्दै आएकाले पछिल्ला दिनमा अर्थतन्त्रका परिसूचकहरु सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए । उनले वर्तमान सरकारकै कारण आर्थिक बृद्धिको लक्ष्यमा समेत सन्तोषजनक प्रगति भएको धारणा राखे ।
पौडेलले नीजि क्षेत्रले उठाएका बिषय र सहकारी क्षेत्र लगाएतका समस्या समाधानका लागि सरकारले आवश्यक कानून निर्माण गरेको जिकिर गरे । उनले मुलुक स्थीरताको यात्रामा अघि बढेपनि अस्थीरतावादी प्रवृतिहरु यसकाबिरुद्ध बिभिन्न गतिविधि गर्ने कोशीस गरिरहेको उल्लेख गर्दै ती कोशीसहरु निरर्थक हुने बताए ।
पौडेलले सरकार टिकाउनका लागि मात्रै स्थीरता खोजेको नभइ संविधानको रक्षा गर्दै आर्थिक सामाजिक सुधार गर्नका लागि स्थीरता आवश्यक भएको धारणा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण