सरकार-शिक्षकको जुँगाको लडाइँले शिक्षाको दाहसंस्कार भएमा इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार-शिक्षककाे जुँगाको लडाइँले पहिले नै तहसनहस भैसकेको सार्वजनिक शिक्षाको दाहसंस्कार र देश युवाविहीन हुन गएमा इतिहासले कसैलाई क्षमा नगर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गैरजिम्मेवार सरकार र असंवेदनशील शिक्षकहरुका कारण लाखौँ विद्यार्थीहरुको जीवन जोखिममा पर्नु निन्दनीय भएको ;समेत उनले बताए ।
उनले भयंकर विनाशकारी र क्रूर युद्ध वार्ता,संवाद र लेनदेनबाट हल हुने गरेको बताउँदै देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरूबीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन भन्दै प्रश्न गरे ।
उनले सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गर्नुपर्ने समेत उनले सुझाव दिए ।
उनले लेखेका छन्,‘सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गरे हुन्छ। गुरूहरूले पनि ’ गुरू ब्रह्मा गुरू विष्णु गुरूदेव महेश्वर...’ को जिम्मेवारीवोध गरेर आफ्नै सन्तान सरहका विद्यार्थीहरूको सुन्दर भविष्यनिम्ति मुखैमा आएको १२ कक्षाको परीक्षा र भर्ना अभियान पछि पुनः आन्दोलन गर्ने अठोट गरेर अहिले एक कदम पछि हट्दा कुनै आकाश खस्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण