छानबिन समितिले सुरु गर्यो आनन्दी सदाय मृत्यु प्रकरणमा अनुसन्धान

सिरहा । यहाँको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
गत पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सुक्ष्म अनुसन्धानको लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम गत बिहीबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।
सोही समितिले आज पीडितको घरमा पुगी परिवारसँग सोधपुछ गरेको छ । उक्त घटनामा प्रहरीले कमजोरी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारीका प्रहरी कर्मचारीसँग आवश्यक जवाफ लिने काम भएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिए । उनले भने, ‘आज प्रारम्भिक चरणको काम मात्र भएको छ । हामीले सुक्ष्म अनुसन्धान सुरु गरेका छौँ, विस्तृत कुराहरू विस्तारै खुल्छन् ।’
माइतीघरमा बस्दै आएकी २४ वर्षीया सदायलाई स्थानीय २२ वर्षिय सञ्जिव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको पीडित पक्षको आरोप छ ।
पछि जिल्लास्थित मानवअधिकारकर्मीसहितको दबाबमा गत फागुन २५ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको थियो ।
आरोपितहरू अझै फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु