फिल्म ‘कार्की साइँला’ को शुभ मुहूर्त
काठमाडौँ । निर्माणाधीन सिनेमा ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो । सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा सिवाकोटी र मुहूर्त सट दिएर सुरु गरिएको थियो ।
मुहूर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्विच अन डम्बरबहादुर राईले गरेका थिए साथै निर्माता र कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।

बालकुमार राई निर्माता रहेको सिनेमामा द्वन्द्व राजु किराँती, सङ्गित बाबुल गिरि, नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम र पटकथा संवाद अजित लामिछानेको रहेको छ ।
सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।
सिनेमाको पात्र एक भरिया हुन् । सिनेमा आगामी वैशाख २० गतेबाट धनकुटा जिल्लाको विभिन्न स्थानमा छायाङ्कन गरिनेछ यो सिनेमाका लागि अन्य केही कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माण पक्षले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण