दिल्ली आइपुगे अमेरिकी उपराष्ट्रपति जेडी भान्स
नयाँ दिल्ली । अमेरिकी उपराष्ट्रपति जेडी भान्स नयाँ दिल्ली आइपुगेका छन् । सोमबार आफ्नो पहिलो आधिकारिक भारत भ्रमणका क्रममा उनी नयाँ दिल्ली आइपुगेका हुन् ।
यस चारदिने भ्रमणमा उनको साथमा भारतीय मुलकी श्रीमती उषा भान्स र उनीहरूका तीन छोराछोरी– इभान, विवेक र मिराबेल पनि साथमा आएका छन् । अमेरिका र चीन बिचको व्यापार युद्धका कारण विश्वभर सेयर बजार त्रस्त बनेको छ । यस्तोमा हुन लागेको भान्सको यो भ्रमणलाई धेरै विशेष मानिएको छ ।
दिल्लीको पालम एयरबेसमा अवतरण गरेपछि भान्स स्वामीनारायण अक्षरधाम मन्दिर पुग्ने छन् । त्यसपछि उनले स्थानीय हस्तकला बजारको पनि भ्रमण गर्ने बताइएको छ ।
भान्स परिवार रोमको चियाम्पिनो विमानस्थलबाट एयर फोर्स टु विमानबाट नयाँ दिल्लीका लागि उडेको थियो । सोमबार बिहान करिब ९ः ३० बजे उनको विमान नयाँ दिल्लीको पालम एयरबेसमा अवतरण भयो ।
उनलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले स्वागत गरेका थिए । भान्सको हाई प्रोफाइल भ्रमणलाई ध्यानमा राखेर दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भान्ससँगै पेन्टागन र अमेरिकी विदेश विभागका वरिष्ठ अधिकारीहरू भारत आएका छन् । उनको भ्रमणमा दिल्ली, जयपुर र आग्रामा धेरै बैठक र सांस्कृतिक कार्यक्रमहरू समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण