बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
सोमबार, ०८ वैशाख २०८२, १७ : १२
ताप्लेजुङ । यहाँकाे फुङलिङ नगरपालिका १० सेवारो चोकस्थित सडकमा बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु भएको छ । मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा आगलागी हुँदा सोमबार घटनास्थलमै ४ जनाको जलेर मृत्यु भएको हाे ।
मृत्यु हुनेहरूमा बोलेरो चालक सोही नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई,बोलेरोमा सवार ललितपुर ललितपुर महानगरपालिका-१० बस्ने १६ वर्षीया आध्या आचार्य,झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरिता पौडेल रहेका छन् ।
ताप्लेजुङको सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको उक्त गाडीमा विद्युतको पोलबाट चुडिएर बाटोमा झरेको तारमा अल्झिएर आगलागी भएको थियो । साथै उक्त घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण