तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
काठमाडौँ । दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोड क्षति भएको मूल्याङ्कन गरिएको छ ।
चैत १५ मा पुर्वराजाको समर्थनमा भएको प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाए ।
प्रदर्शनकारीहरूले सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय सहित २२ वटा घर तथा कार्यालयमा तोडफोड भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ३९ वटा सवारीसाधन प्रदर्शनकारीले तोडफोड गरेका थिए ।
प्रारम्भिक मूल्याङ्कनबाट निजी र सार्वजनिक सम्पत्ति समेत गरेर ४६ करोड ९५ लाख क्षति भएको देखिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘करिब ४७ करोड क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।’
उच्छृङ्खल गतिविधि गरेको आरोपमा अहिले ७३ जना थुनामा छन् । उनीहरू विरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । क्षति भएको रकम बराबरको बिगो आरोपीहरूसँग मागदावी गर्ने प्रहरीको तयारी छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने,‘क्षति भएको रकम बराबरको बिगो मुद्दा दायर गर्दा प्रतिवादीहरूबाट भराउन मागदावी लिन्छौँ ।’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण