बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा

सोमबार, ०८ वैशाख २०८२, २० : ५६
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने बताइएको छ । 

यस्तै मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप