मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता

मङ्गलबार, ०९ वैशाख २०८२, १५ : ११
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई समर्थन गर्नेका संख्या घटेको छ । रोयटर्स र इप्सोसले गरेको जनमत सर्वेक्षणका अनुसार ४२ प्रतिशत मात्रै राष्ट्रपतिको रुपमा ट्रम्पको प्रदर्शनप्रति खुसी छन् । 

यो तीन हप्ता अघि भएको यस्तै सर्वेक्षणको तुलनामा कम हो । त्यतिबेला, यस्तो बताउने अमेरिकीहरूको अनुपात ४३ प्रतिशत थियो । जनवरी २० मा चार वर्षको अन्तरालमा दोहोर्याएर ट्रम्प ह्वाइट हाउसमा छिरेयताको यो सबैभन्दा कम हो । त्यतिबेला उनलाई समर्थन गर्नेको अनुपात ४७ प्रतिशत थियो । 

कार्यभार सम्हालेको पहिलो दिनमै ट्रम्पले दर्जनौं कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसमार्फत उनले सरकारी विभाग अनि विश्वविद्यालय र ल फर्म जस्ता निजी संस्थामाथि समेत आफ्नो प्रभाव बढाएका थिए । 

ट्रम्पको समर्थन दर घटेर न्यून स्तरमा आएको भएपनि यो अहिले पनि डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनको भन्दा निकै माथि छ । विश्वविद्यालयलाई दन्डित गर्ने ट्रम्पको रवैयाका कारण कयौं अमेरिकीले असहज महसुस गरेका छन् । 

ट्रम्पले नचाहे पनि संघीय अदालतको फैसला मान्नु पर्छ भनेर करीब ८३ प्रतिशतले भनेका छन् । जर्बजस्ती डिपोर्ट गरिएका व्यक्तिलाई फिर्ता ल्याउन दिइएको आदेशलाई सुनेको नसुन्यै गरेको मामिलामा ट्रम्प प्रशासनका अधिकारीहरूले अवहेलना मुद्दा समेत खेप्न सकने स्थिति उत्पन्न भएको छ । 

महँगी देखि अध्यागमन र अतिरिक्त भन्सार महसुल देखि कानूनको शासनसम्मको मुद्दामा अमेरिकीहरू ट्रम्पसँग रुष्ट रहेको सर्वेक्षणले देखाएको छ । 

४५ प्रतिशत सहभागीले अध्यागमनमा कसिकसाउ गर्ने ट्रम्पको नीतिलाई रुचाएका छन् । तर ४६ प्रतिशतलाई उनको यो नीति मन परेको छैन । ट्रम्प तेस्रो कार्यकालका लागि लड्न नहुने ५९ प्रतिशतको ठम्याई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप