शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
बारा । मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मात्रै शपथ ग्रहण गरेका उपाध्याय भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै २४ घण्टा नबित्दै निलम्बन परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मंगलबार उनीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । सोमबार मात्रै उनलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
अख्तियारले उपाध्याय सहित बारा पचरौता नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध ३ लाख ५२ हजार ५ सय ६० रुपैयाँ बिगोसहित मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।
नगरपालिकाले गरेको टेन्डर विज्ञापन सार्वजनिक खरिद ऐन विपरीत गरेको उनीहरूमाथि आरोप छ । बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, उपाध्याय अध्यक्ष रहेको केएस मल्टिपर्पस प्रालिबाट प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्रै पत्रिका प्रकाशन गरेर बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भुक्तानी दिएको पुष्टि भएपछि तीनै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले बिगोसहित सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम अख्तियारले कैद पनि माग दाबी गरेको छ । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सो विषयमा भर्खरै जानकारी प्राप्त गरेको र छलफल गरिरहेको बताए ।
उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष हुन् । उनले एमालेबाट प्रमुख तथा उपप्रमुख निर्वाचित भएका पालिकाहरूमा तालिम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण