रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
बुधबार, १० वैशाख २०८२, १२ : ३१
_KG8vjApk5p.jpg)
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेड क्वाटर रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरूले रक्तदान गरेका छन्।
सशस्त्र प्रहरी बल रौतहटको '१८ औ स्थापना दिवस-२०८२' को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं। ११ गण रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरूबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।
उक्त रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीको सहभागिता रहेको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?