‘पिताम्बर’ को सिक्वेलमा जोडिन लागेका हुन् अनमोल ?
काठमाडौंँ । ‘पिताम्बर’ प्रदर्शनरत फिल्म हो । कृषा चौलागाईं निर्देशित फिल्म प्रदर्शनको दोस्रो सातामा छ । प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्तलगायत मल्टिस्टार कलाकार रहेको कारण फिल्मले दर्शक पाइरहेको बताइन्छ ।
फिल्मको सिक्वेल पनि बन्ने चर्चा छ । फिल्मको अन्तिममा सिक्वेलका लागि ठाउँ समेत छाडिएको छ । फिल्मको सिक्वेल कहिले केही भनिएको छैन ।
फिल्म रिलिजकै समय निर्देशक कृषा चौलागाईं र निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान भने नयाँ फिल्म निर्माणमा जुटेका छन् । जसका लागि उनीहरुले अभिनेता अनमोल केसीसँग भेटघाट समेत गरेका छन् । अनमोलनसँगको भेट ‘पिताम्बर’को सिक्वेलका लागि हो वा नयाँ फिल्मका लागि केही बताइएको छैन । भेटघाटको तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्दै निर्देशक कृषाले कफि गफ मात्र भनेकी छन् ।
बजारमा भने ‘पिताम्बर’ को सिक्वेलमा अनमोलले काम गर्न लागेको हल्ला चल्न थालेको छ । अनमोलले भर्खर फिल्म ‘जेरी अनटप’ को छायांकन सकाएका छन् । उनी नयाँ फिल्म ‘ज्याद्रो’ पनि अभिनय तरखरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण