आतङ्कवादी आक्रमणपछि सुनसान भयो पहलगाम

नयाँ दिल्ली । मङ्गलवार, जम्मू कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकमाथि अन्धाधुन्ध गोलीबारी गरे । यस घटनामा करिब २६ जनाको मृत्यु भएको छ । तर सरकारले अहिलेसम्म १६ जनाको मृत्यु पुष्टि गरेको छ ।
मर्नेमध्ये अधिकांश पर्यटक छन् । यस घटनामा अरू २० जना घाइते भएका छन् । यो पुलवामा पछि भारतमा भएको सबैभन्दा ठुलो आतङ्कवादी हमला थियो । सामान्य अवस्थामा पर्यटकहरूले भरिपूर्ण रहने यस ठाउँका सडक घटनापछि सुनसान बनेका छन् ।
पसलहरूमा ताला झुन्डिएका छन् भने चारैतिर आतंक छाएको छ, रौनक हराएको छ । आक्रमण पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ ।
पहलगाममा भएको सामूहिक हत्याको विरोधमा कश्मीरमा ३५ वर्षमा पहिलो पटक बन्दको आह्वान गरिएको छ । यसैबिच सुरक्षा एजेन्सीहरूले पहलगाम आतङ्कवादी हमलाका तीन संदिग्धहरूको स्केच जारी गरेको छ ।
भारतको मिनी स्विट्जरल्याण्ड भनेर चिनिने बियसरन उपत्यका मङ्गलवार बिहानदेखि दिउँसोसम्म पर्यटकहरूले भरिपूर्ण थियो । तर अचानक यहाँ घुम्न आएका पर्यटकहरूको हाँसो कोलाहलमा परिणत भयो । आतंककारीहरू आए र अन्धाधुन्ध गोली चलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित