आतङ्कवादी आक्रमणपछि सुनसान भयो पहलगाम
नयाँ दिल्ली । मङ्गलवार, जम्मू कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकमाथि अन्धाधुन्ध गोलीबारी गरे । यस घटनामा करिब २६ जनाको मृत्यु भएको छ । तर सरकारले अहिलेसम्म १६ जनाको मृत्यु पुष्टि गरेको छ ।
मर्नेमध्ये अधिकांश पर्यटक छन् । यस घटनामा अरू २० जना घाइते भएका छन् । यो पुलवामा पछि भारतमा भएको सबैभन्दा ठुलो आतङ्कवादी हमला थियो । सामान्य अवस्थामा पर्यटकहरूले भरिपूर्ण रहने यस ठाउँका सडक घटनापछि सुनसान बनेका छन् ।
पसलहरूमा ताला झुन्डिएका छन् भने चारैतिर आतंक छाएको छ, रौनक हराएको छ । आक्रमण पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ ।
पहलगाममा भएको सामूहिक हत्याको विरोधमा कश्मीरमा ३५ वर्षमा पहिलो पटक बन्दको आह्वान गरिएको छ । यसैबिच सुरक्षा एजेन्सीहरूले पहलगाम आतङ्कवादी हमलाका तीन संदिग्धहरूको स्केच जारी गरेको छ ।
भारतको मिनी स्विट्जरल्याण्ड भनेर चिनिने बियसरन उपत्यका मङ्गलवार बिहानदेखि दिउँसोसम्म पर्यटकहरूले भरिपूर्ण थियो । तर अचानक यहाँ घुम्न आएका पर्यटकहरूको हाँसो कोलाहलमा परिणत भयो । आतंककारीहरू आए र अन्धाधुन्ध गोली चलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण