पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद
बुधबार, १० वैशाख २०८२, १६ : ०४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भएको छ ।
बुधबार भएको टेलिफोन संवादमा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको ओलीले कडा शब्दमा निन्दा गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो क्रममा ओलीले जीवन गुमाएकाप्रति हार्दिक समवेदना व्यक्त गरेको र मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेको दूतावासको भनाइ छ ।
साथै क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा मोदीले जोड दिएका थिए ।
यसैगरी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समार्फत आतंकवाद विरुद्धको लडाइमा भारत र नेपाल एकसाथ उभिएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण